अहिलेको जीवन

Poem

अचेल जीवन झन् व्यस्त देखिन्छ, सानो सहरहरू पनि भारी लाग्छन्। सडकहरू भरिएका छन्, मानिसहरू टाउको झुकाएर हिँडिरहेका आ-आफ्नै दौडमा हराइरहेका।

तर यो हतारबीच पनि, जीवन अलिकति खालि छ जस्तो लाग्छ। सबै कुरा मिलेको देखिन्छ, तर प्रश्नहरू सोधिएका छैनन्, विचारहरू गहिरो छैनन्।

बुद्धिमानी देखिनुपर्ने दबाब छ, तर त्यो वास्तविक ज्ञान हो कि सञ्चयको बोझ? थुप्रिएको जानकारीले थिचिएको चेतना जहाँ कुरा धेरै छन्, तर बुझाइ कम।

पुरानो साथको ठाउँमा अहिले अनौठो शून्यता छ। हँसिला अनुहारहरू भेट हुँदैनन्, साक्षात्कार होइन, संदेह मात्र बाँकी। कसैसँग कुरा गर्दा पनि जस्तो आत्मा टाढा छ शब्दहरू त छन्, तर गहिराइ हराएको।

भविष्य? धुवाँजस्तो फिजिएको, छायाँझैं अनिश्चित। न त पूर्ण आशा, न पूर्ण भय यी दुवैको सन्तुलनमै बाँचेको वर्तमान।

Posted Jun 23, 2025, 4:14 AM UTC

20
Loading comments…