पोखिएको चिया / Tea that was spilled
म त्यो २०२४ सालको जून महिनाको एउटा साँझ सम्झिन्छु। अपराधबोध जस्तो लाग्ने तर खै? मनमा बसेको एउटा अनुभव।
जब म र मेरी दिदी पाटनमा थियौं। हामी एक अर्कासँग खासै केही नबोली वरीपरीका मानिसहरूको आवत–जवात हेरिरहेका थियौं।
त्यही बीचमा एउटा सानी केटी मेरो नजिक आइन् र सोधिन्, “दिदी, चिया पिउनु हुन्छ?” मैले भने—“नखाने। म प्राय चिया पिउँदिनँ।” तर उस्ले मलाई बारम्बार सोधिरहिन् र म हरेक पटक उस्तै गरी इन्कार गरिरहेँ। अचानक उसले त्यो हातमा समातेको थर्मस चिप्लियो र भुइँमा खस्यो। हेर्दाहेर्दै चिया जमिन भरी भयो। मानौं उसले समाएर राखेका सबै आशा(आजको कमाई) त्यही चियासँगै पोखिए। त्यो क्षण यति छिटो घट्यो कि म केही भनू त्यस अघी नै ऊ त्यहाँबाट दौडिँदै भागी।
आज अचानक त्यो घटना मेरो मस्तिष्कमा बारम्बार दौडिरहेको छ। र म आफैंलाई प्रश्न गरिरहेछु “ मैले ऊ वा सोही घटना प्रति केही प्रतिक्रिया जनाएको भए?” सायद त्यो पुरै घटनाको विवरण अर्कै हुनेथियो।
तर प्रश्नहरूको उत्तर छैन। केवल एक पोखिएको चिया बाहेक।
Posted Jan 7, 2026, 3:00 PM UTC