पर्खाइ (parkhai)

Other Forms

हजारौ इच्छा मनमा राखी

सपनाहरु मनमा साँची

त्यो कुनामा बसिरहेकी उनी।

शिर उठाउदै आकल झुकल झ्याललाइ नियाल्दै

के नियाली रहेकी त उनले

ढल्केर हेरे, एउटा हवईजाहाज।

त्यही हवईजाहाज झै उड्ने चाहना हो कि उनको

बादल माथि माथि जादै आकाशलाई चुमेर

तर सोध्न सकिन।

आखिर म लाग्न पर्यो त आफ्नै बाटो

या त उभिन पर्यो उनको बाटोमा

तर ओर्लेर लागे म आफ्नै बाटो आफ्नै माटो तिर

उनी भन्दा बेग्लै बाटो तिर....

Posted Jul 11, 2026, 8:49 PM UTC

42
Loading comments…