Breaking News: Another Rai teacher shot dead at Sankhuwasabha. Suspect Patan Kulung Rai arrested with a bharuwa banduk

संखुवासभा — संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा शिक्षक मृत फेला परेको घटनामा प्रहरीले शुक्रबार एक जनालाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धानका क्रममा प्रहरीले शुक्रबार बिहान करिब ११ बजे मकालु गाउँपालिका–१ सिउँडीबारी बस्ने अन्दाजी ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भनिएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको डिएसपी कुमारप्रसाद मैनालीले बताए । पक्राउ परेका राईमाथि अनुसन्धान भइरहेको उनले बताए ।

सिलिचोङ गाउँपालिका–५ याफु घर भई कालिका आधारभूत विद्यालयमा शिक्षकका रूपमा कार्यरत करिब ३५/३६ वर्षीय नरकुबिर खम्बु राई बिहीबार राति विद्यालय परिसरमै मृत अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार बिहीबार राति खाना खाइसकेपछि भाँडा धुन विद्यालयबाट बाहिर निस्कने क्रममा अचानक बन्दुक पड्किएको जस्तो आवाज आएको थियो। आवाज सुनेपछि सोही विद्यालयमा बस्दै आएकी शिक्षिका टिकामाया राई बाहिर निस्केर हेर्दा नरकुबिर ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा फेला पारेकी थिइन्।

https://preview.redd.it/7uuk1wt04qnh1.png?width=1080&format=png&auto=webp&s=7e81be7b333dd42dbee3bb74129d6a6d0d1c02a3

A few days ago a Rai Teacher Bhanu Bhakta Rai was killed by 11 of his students. All of whom were Rais.

https://preview.redd.it/50h4bomi4qnh1.png?width=1149&format=png&auto=webp&s=991a19eff48941376147bbec5801983f973bff03

Posted Sep 5, 2026, 3:55 PM UTC

20
Loading comments…